यशलाई सलमान खानको प्रश्नः साउथमा हिन्दी फिल्म किन चल्दैनन् ?

नेपालभ्युज

यशलाई सलमान खानको प्रश्नः साउथमा हिन्दी फिल्म किन चल्दैनन् ?

दक्षिण भारतीय सुपरस्टार यश अहिले आफ्नो आगामी फिल्म ‘केजीएफ-२’ लाई लिएर चर्चामा छन्। हालै एक अन्तर्वार्तामा सलमान खानले साउथमा हिन्दी फिल्म किन चल्दैनन् भनेर प्रश्न गरेका थिए। यशले सलमानको यो प्रश्नको जवाफ आफ्नै शैलीमा दिए, जुन अहिले चर्चामा छ। योसँगै फिल्म केजीएफ-२ ले अग्रिम बुकिङको रेकर्ड तोडेको छ।

सलमानको यो प्रश्नबारेमा कुरा गर्दै यशले त्यस्तो नभएको बताए। उनका अनुसार साउथका फिल्मले पनि यस्तो खालको प्रतिक्रिया पहिला कहिल्यै नमिलेको बताए। यशले भने, ‘यहाँ यहाँ डब गरिएका भर्सनहरू दर्शकहरूले मन पराए।”

यशले दक्षिण भारतीइ सिनेमा मनोरञ्जनका लागि ठट्टाका रूपमा शुरु भएको बताए। यो उद्योगलाई कसैले खासै महत्व नदिए पनि अब मानिसहररूले यहाँको कथा शैली र सिनेमाबाट धेरै परिचित भएका बताए। तर यो रातारात नभएको पनि यशले स्पष्ट पारे।

केही वर्षदेखि दक्षिण भारतीय फिल्म तथा यसखाले सामग्री अत्यधिक मन पराएका उनले बताए। फिल्मका अभिव्यक्ति, निर्देशन र सबै कुरा विस्तारै मानिसहरूले बुझ्न थालेका उनको भनाइ थियो। त्यसपछि मानिसहरूले ‘बाहुबली’, एसएस राजामौली सर, प्रभास र ‘केजीएफ’सँग जोडिने प्रत्यक्ष मौका पाएका यशले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved