गभर्नरको निलम्बनले पनि बढेन शेयर बजार, सूचक २४ सयको लाइनमा

नेपालभ्युज

काठमाडौं। शेयर लगानीकर्ताहरूले गत भदौमा गभर्नर महाप्रसाद अधिकारीको राजीनामासहित १६ बूँदे माग राखेर आन्दोलन शुरु गरे। त्यसयता शेयर बजारमा सुधार नभएपछि गभर्नरविरुद्ध बारम्बार लगानीकर्ताहरूले आन्दोलन गरे।

अघिल्लो साताको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेसँगै केही लगानीकर्ताहरू उत्साहित देखिए। तर गभर्नर निलम्बन भएपछि खुलेको पहिलो कारोबार दिन पनि शेयर बजारमा सुधार देखिएको छैन।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४४ अंकले घटेको छ। सोमबार ४४ दशमलव ६४ अंकले घटेर दुई हजार ४१९ अंकमा झरेर बजार बन्द भएको छ।

तरलता अभाव र ब्याजदर बृद्धिले शेयर बजार केही समययता निरन्तर खस्किँदै गएको छ। आज बजार खुलेको ५ मिनेटमै नेप्से सूचक ४० अंकले घटेर २४ सयको लाइनमा झरेको थियो।

यस दिन २ अर्ब २६ करोड रुपैयाँको ५० लाख ९५ हजार कित्ता शेयर खरीदबिक्री भएको छ। कारोबारमा आएका २३३ धितोपत्रमध्ये नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत र जाल्पा सामुदायिक लघुवित्तको ९ दशलमव ९९ प्रतिशतका दरले बढेको छ भने बाँकी सबैको शेयरमा गिरावट आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved