शिवम् सिमेन्टका अध्यक्ष गोयल म्यानको बोर्ड सदस्यमा निर्वाचित

नेपालभ्युज

शिवम् सिमेन्टका अध्यक्ष गोयल म्यानको बोर्ड सदस्यमा निर्वाचित

काठमाडौं। शिवम् सिमेन्ट्स लिमिटेड सञ्चालक समितिका अध्यक्ष डा. सुरेन्द्रकुमार गोयल संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संंघ (म्यान) को कार्यकारी बोर्ड सदस्यमा निर्वाचित भएका छन्।

२६ चैतमा सम्पन्न म्यानको ४१ औं वार्षिक साधारणसभाबाट गोयल संस्थागत समूह तर्फबाट बोर्ड सदस्यमा निर्वाचित भएका हुन्।

यसअघि सन २०२० मा भएको निर्वाचनमा शिवम् सिमेन्ट संस्थागत समूहतर्फबाट नेपाल व्यवस्थापन संघको कार्यकारी बोर्डको सदस्यमा प्रतिनिधित्व रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved