इतिहासमा आज : टाइटेनिकको पहिलो र अन्तिम यात्रा

नेपालभ्युज

इतिहासमा आज : टाइटेनिकको पहिलो र अन्तिम यात्रा

१० अप्रिल १९१२ । बेलायतको साउथह्याम्पटनबाट आफ्नो पहिलो यात्राका लागि टाइटेनिक जहाज निस्कियो। तर दुर्भाग्य यही यात्रा नै अन्तिम रह्यो।

यो संसारकै सबैभन्दा ठूलो पानीजहाज थियो। १० अप्रिलमा २ हजार २ सय ०८ जना यात्रु (चालकदलका सदस्यसहित) यो जहाज अमेरिकाको न्युर्योकका लागि निस्किएको थियो। यसको लक्ष्य इतिहासमै तिव्र गतिमा कुद्ने जहाजको किर्तिमान बनाउनु थियो।

त्यसैले यसमा चढ्नका लागि ठूलो संख्यामा मानिसहरू आतूर थिए र उनीहरूले धेरै पहिले नै टिकट बुक गर्न थालिसकेका थिए।

साउथह्याम्पटनबाट क्विन्सटाउन हुँदै निस्किएको यो जहाज चारदिनपछि (१४ अप्रिल) मध्यरात ११ बजेर ४० मिनेट जाँदा एटलान्टिक समूद्रको हिँउको ढिस्कामा गएर ठोक्कियो।

तिव्र गतिमा कुद्ने जहाजको किर्तिमान बनाउने चक्करमा लाग्दा दुर्घटना निम्तिएको आँकलन समेत कतिपयले गर्ने गरेका छन्। दुर्घटना निम्तनुअघि जहाजका चालक क्याप्टेन स्मिथलाई ६ पटकसम्म स्पिड घटाउनका लगि चेतावनी दिइएपनि उनले स्पिड घटाएका थिएनन्।

जहाजमा सवार ७ सय १२ जना ज्यान जोगाउन सफल भएपनि बाँकी १४ सय ९६ जना समूद्रमा डुबे।

यस दुर्घटनालाई सबैभन्दा ठूलो जहाज दुर्घटनामध्ये एक मानिन्छ (युद्धाकाल छाड्दा)। भनिन्छ, जहाज डुब्ने पक्का भइसकेपछि यहाँ सवार केही संगीतकारहरूले घण्टौंसम्म वाद्यवादन गरेका थिए। उनीहरू आफू वरपरका मानिस र बालबालिकालाई खुसी बनाउन चाहन्थें।

दुर्घटनापछि खोजीका क्रममा ३ सय ६ जनाको शवमात्रै भेटियो, बाँकी सबै मानिस डुबेर बेपत्ता भएका थिए।

एटलान्टिक समूद्रको जुन ठाउँमा जहाज डुब्यो, त्यहाँको तापक्रम त्यतिबेला २ डिग्री सेल्सियसमात्रै थियो, त्यसैले चिसोका कारण पनि धेरै मानिस मरेको अनुमान लगाइन्छ।

यसबाहेक जहाजमा केवल २० वटामात्रै लाइफबोट थियो। त्यहीकारण पनि यात्रुहरूको सहज उद्धार हुन सकेन। जहाज निर्माताहरूले यो जहाज कहिल्यै नडुब्ने दाबी गरेका थिए, त्यसैले यहाँ लाइफबोटको संख्या कम राखिएको थियो।

हराएको ७३ वर्षपछि समूद्रबाट झन्डै १२ हजार ५ सय फिट तल यो जहाजको अवशेष फेला परेको थियो।

टाइटेनिकबारे बनेका धेरै सिनेमा, डकुमेन्ट्री र पुस्तक बने, त्यसमध्ये जेम्स क्यामरून निर्देशिक १९९७ मा प्रदर्शनमा आएको ‘टाइटेनिक’ सर्वाधिक सफल रह्यो। यस फिल्मले ओस्कारका ११ वटा अवार्ड जितेको थियो।

टाइटेनिक बारेका १० रोचक तथ्य

–१९९७ मा प्रदर्शनमा आएको जेम्स क्यामरून निर्देशिक ‘टाइटेनिक’ फिल्मको बजेट तत्कालीन समयको टाइटेनिक जहाजको भन्दा पनि बढी थियो।

– समूद्रमा जुन हिउँको ढिस्कामा गएर टाइटेनिक ठोकिएको थियो, उक्त ढिस्का लगभग १ हजार वर्षदेखि समूद्रमा तैरिदैँ आएको छ।

– टाइटेनिक डुबेको समयमा क्यार्लिफोनिया नामको अर्को एक जहाज पनि यस जहाजबाट नजिकैको दूरीमा थियो। तर दुबै जहाजबीचको सञ्चार सम्पर्क टुटेको थियो। त्यहीकारण क्यार्लिफोनिया जहाजमा सवार व्यक्तिहरू उद्धारका लागि जान सकेनन्।

– टाइटेनिक जहाज दुर्घटनामा पर्दा केवल दुई महीनाकी मिल्भिना डिन पनि जहाजमा सवार थिइन्। उनी यस दुर्घटनामा बाँच्न सफल भइन्। टाइटेनिक दुर्घटनाका अन्य सबै साक्षीको निधन भइसक्दा पनि उनी जीवितै थिइन्। ३१ मेई २००९ मा ९७ वर्षको उमेरमा उनको निधन भयो।

– टाइटेनिक जहाज दुर्घटना हुँदा सबैभन्दा धेरै पूरुषहरू डुबे। किनकी, यस मुस्किल घडीमा समझदार व्यक्तिहरूले उद्धारकार्यमा बच्चा र महिलालाई पहिलो प्राथमिकता दिएका थिए। जहाजमा रहेका ९ कुकुरमध्ये दुई कुकुरलाई सकुशल उद्धार गरिएको थियो।

– टाइटेनिकमा धेरै धनाढ्यहरू सवार थिए। दुर्घटनाको समय उनीहरूसँग गहनासहित ७ लाख अमेरिकी डलर बराबरका सामाग्री थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved