महेन्द्रनगरमा डिशहोम फाइबरनेटको शोरुम

नेपालभ्युज

महेन्द्रनगरमा डिशहोम फाइबरनेटको शोरुम

काठमाडौं। डिशहोम फाइबरनेटको बिक्री तथा बिक्रीपछिको सेवाका लागि कञ्चनपुरको तिलाचौरमा डिशहोम फाइबरनेट शोरुमको उद्घाटन गरिएको छ। शोरुमको सञ्चालन मौभेरा मनि ट्रान्सर्फरले गर्नेछ।

शोरुम उद्घाटन डिशहोमका तर्फबाट सीईओ स्वाइन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मी राज जोशी र डिलरका प्रोप्राईटर लक्ष्मीदत्त पाण्डेको उपस्थितिमा सम्पन्न भएको थियो।

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्‍याउँदै आएको मौभेरा मनि ट्रान्सर्फरले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ।

१०० सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराईसकेको मौभेरा मनि ट्रान्सर्फरले अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ शोरुमले मद्दत गर्ने मौभेरा मनि ट्रान्सर्फरका सञ्चालक दानसिंह बिष्टले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved