अन्तर कलेज टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने

खेलहरु मुलपानीस्थित राष्ट्रिय खेलकुद परिषद्को क्रिकेट मैदानमा हुनेछ।

नेपालभ्युज

अन्तर कलेज टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने

काठमाडौं। एभरेष्ट प्रिमियर लिगको फ्रेन्चाइज क्रिकेट टिम ललितपुर प्याट्रोइट्सले अन्तर कलेज टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।

द प्याट्रोइट्स कप नाम दिइएको प्रतियोगिता आगामी शनिबारदेखि एक हप्तासम्म चल्नेछ।

प्रतियोगिताको पहिलो संस्करणमा आठ ओटा कलेजका टिमहरुले सहभागिता जनाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रतियोगिताका खेलहरु लिगकम नकआउटका आधारमा खेलाइने आयोजक ललितपुर प्याट्रोइट्स इन्टरनेशन प्रालीले जनाएको छ।

जसका खेलहरु मुलपानीस्थित राष्ट्रिय खेलकुद परिषद्को क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगिताको उपाधि विजेता टिमले उपाधिसँगै नगद एक लाख पुरस्कार प्राप्त गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved