बार्सिलोनाका पूर्वप्रशिक्षक कोम्यान पुनः नेदरल्याण्डका प्रशिक्षक बन्ने

नेपालभ्युज

बार्सिलोनाका पूर्वप्रशिक्षक कोम्यान पुनः नेदरल्याण्डका प्रशिक्षक बन्ने

काठमाडौं। बार्सिलोनाका पूर्व प्रशिक्षक रोनाल्ड कोम्यान दोस्रो पटक नेदरल्याण्डस्को राष्ट्रिय फुटबल टिममका प्रशिक्षक बन्ने भएका छन्। कतार विश्वकप २०२२ पछि कोम्यानले नेदरल्याण्डस्का हालका प्रशिक्षक लुइस भ्यान गालको ठाउँ लिनेछन्।

७० वर्षीय पूर्वम्यानचेष्टर युनाइटेडका प्रशिक्षक भ्यान गाल प्रोस्टेट क्यान्सर रोगपीडित छन्।

कोम्यान यसअघि सन् २०१८ देखि २०२० सम्म पहिलो पटक नेदरल्याण्डसको प्रशिक्षक रहेका थिए। दुई वर्ष टिम समाल्दा उनले नेदरल्याण्डस्लाई सन् २०१९ को युफा नेसन्स लिगको उपविजेता बनाएका थिए। त्यस्तै युरो कप २०२० का लागि टिमलाई छनोट गराउन पनि सफल भएका थिए।

यसपछि स्पेनिस क्लब बार्सिलोनाबाट प्रशिक्षकको प्रस्ताव आएपछि उनले डच टिमको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए।

तर उनको बार्सिलोना बसाई सुखद् हुन सकेन। र एक वर्षमै क्लब छाड्नुपर्‍यो। खराब फर्म चलिरहेका बेलामा उनलाई बोलाएको बार्सिलोनाको प्रदर्शन उनी आएपछि पनि सुध्रन सकेन। स्टार खेलाडी लियोनल मेस्सी पनि उनकै समयमा बार्सिलोनाबाट बाहिरिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved