नेपालगन्जमा बुद्धको जहाज आकस्मिक अवतरण

धनगढी विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण गर्नुपरेको छ। यात्रा गरिरहेका एक यात्रुको स्वास्थ्यमा समस्या देखा परेपछि आकस्मिक अवतरण गर्नु परेको जनाइएको छ।

नेपालभ्युज

नेपालगन्जमा बुद्धको जहाज आकस्मिक अवतरण
फाइल तस्वीर

काठमाडौं। धनगढी विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण गर्नुपरेको छ। यात्रा गरिरहेका एक यात्रुको स्वास्थ्यमा समस्या देखा परेपछि आकस्मिक अवतरण गर्नु परेको जनाइएको छ।

धनगढीबाट काठमाडौंका लागि उडेको उडान नम्बर २५२ जहाजमा यात्रुको स्वास्थ्यमा अकस्मात् समस्या देखिएको र जहाजलाई धनगढीबाट नजिकैको नेपालगन्ज विमानस्थलमा अवतरण गराइएको बुद्ध एयरले जनाएको छ।

विमानस्थलमा एम्बुलेन्स र स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved