प्रधानमन्त्री चढेको विमानमा अशोभनीय हर्कत गरेको भन्दै ऋषि धमलालाई स्पष्टीकरण

काउन्सिलले मंगलबार प्राइमटाइम्स टेलिभिजनको नाममा पत्राचार गर्दै वायुसेवा निगमले निषेध गरेको ठाउँमा किन जानुपरेको हो भन्दै जवाफ माग गरेको छ।

नेपालभ्युज

प्रधानमन्त्री चढेको विमानमा अशोभनीय हर्कत गरेको भन्दै ऋषि धमलालाई स्पष्टीकरण
फोटो : टिकटकमा भाइरल भएको क्लिपको स्कृनसर्ट

काठमाडौं। उटपट्याङ गतिविधिका कारण पटकपटक चर्चा र विवादमा आउने गरेका पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्कने क्रममा चढेको नेपाल एयरलाइन्सको विमानभित्रबाट अशोभनीय गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको हो।

काउन्सिलले मंगलबार प्राइमटाइम्स टेलिभिजनको नाममा पत्राचार गर्दै वायुसेवा निगमले निषेध गरेको ठाउँमा किन जानुपरेको हो भन्दै जवाफ माग गरेको छ।

धमलाले विमानका क्रु मेम्बरहरूलाई धकेल्दै विमानको बिजनेस क्लासमा छिरेको भिडिओ फेसबुक र टिकटकमा भाइरल बनेपछि प्रेस काउन्सिलको ध्यानाकर्षण भएको हो।

गत शुक्रबार राति प्रधानमन्त्री फर्केको विमानमा धमलाले बुम समातेर प्राइमटाइम्स टेलिभिजनमा ‘प्रत्यक्ष प्रसारण’ भन्दै विमानमा यस्तो गतिविधि गरेका थिए। उनले सो भिडिओ युट्युबमा राखेका छन्। तर विमानका कर्मचारीलाई धकेलेर बिजनेस क्लासमा छिरेको भिडिओ भने सामाजिक सञ्जालमा मात्रै देख्न सकिन्छ।

घटना बारेमा नेपाल एयरलाइन्सको उच्च तहका एक कर्मचारीले भने विमानभित्र यस्तो व्यवहार अभोशनिय भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved