विश्वकप फुटबल २०२२ को आधिकारिक गीत सार्वजनिक (भिडिओसहित)

कतारमा हुने फिफा विश्वकपको आधिकारिक गीत सार्वजनिक गरिएको छ । नोभेम्बर २१ देखि शुरु हुने विश्वकपको गीतको बोल हय्या हय्या रहेको छ।

नेपालभ्युज

विश्वकप फुटबल २०२२ को आधिकारिक गीत सार्वजनिक (भिडिओसहित)

एजेन्सी। कतारमा हुने फिफा विश्वकपको आधिकारिक गीत सार्वजनिक गरिएको छ । नोभेम्बर २१ देखि शुरु हुने विश्वकपको गीतको बोल हय्या हय्या रहेको छ।

त्रिनिदाद काडनान, डेभिडो र आयशाले गीत कम्पोज गरेका हुन्। पहिलो पटक विश्वकपको गीतमा अरू गीतको पनि सम्मिश्रण गरिएको छ।

यस्तै, भिडियोमा विश्वकपमा प्रयोग हुने आधिकारिक खेलको बल पनि जारी गरेको छ। यसको नाम अल रिहला राखिएको छ। अल रिहलाको अर्थ अरब भाषामा यात्रा हो। यसअघि सन् २०१८ मा भएको विश्वकपको आधिकारिक गीतलाई अमेरिकाका प्रसिद्ध डीजे र गीतकार डिप्लोले बनाएका थिए।

उक्त गीतलाई स्वरबद्ध अमेरिकाकै लोकप्रिय गायक निन्की जेम र अल्बानियाकी गायिका ईरा इस्तरेफीले गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved