स्वास्थ्य बीमामा सहयोग

बीमाबापत प्रतिव्यक्ति तीन हजार ५०० रुपैयाँका दरले ३५ हजार आर्थिक सहयोग गरिएको सहकारीका अध्यक्ष ज्योति लामिछानेले जानकारी दिइन्।

नेपालभ्युज

स्वास्थ्य बीमामा सहयोग

बेनी। ६५ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा म्याग्दी सदरमुकाम बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मुठ्ठीदान सहयोग गरेको छ।

सहकारीले सञ्चालन गरेको मुठ्ठीदान अभियानमार्फत बेनी नगरपालिकाका अतिविपन्न १० महिलालाई स्वास्थ्य बीमाबापतको रकम सहयोग गरेकोे हो।

बीमाबापत प्रतिव्यक्ति तीन हजार ५०० रुपैयाँका दरले ३५ हजार आर्थिक सहयोग गरिएको सहकारीका अध्यक्ष ज्योति लामिछानेले जानकारी दिइन्।

एक वर्षका लागि स्वास्थ्य बीमाबापतको उक्त रकम सहकारीका अध्यक्ष लामिछाने र जिल्ला सहकारी सङ्घ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले प्रदान गरेका थिए।

स्वास्थ्य बीमाबापतको रकम पाउनेमा नगरपालिकाभित्रका विपन्न महिला उमादेवी किसान, माया सार्की, सुन्तली दमाई, शान्ति किसान, सुनमाया किसान, सुकमाया किसान, विस सार्की, अस्मिता पुन, बालकुमारी कामी र तिलकुमारी कार्की रहेका छन्।

सोही अवसरमा बेनपा–१, रत्नेचौर निवासी क्यान्सरपीडित सेती विक र बेनपा–९, घतान निवासी गौमती विकलाई पनि उपचारका लागि जनही पाँच हजार ५५५ रुपैयाँको दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको संघका अध्यक्ष लामिछानेले जानकारी दिइन्।

सहकारीमा आबद्ध दिदीबहिनीको सहयोगमा स्थापित मुठ्ठीदान अभियानबाट सङ्कलन गरिएको रकमले सानो भए पनि महिलालाई उपचारमा राहत मिलोस् भन्ने उद्देश्यसहित आर्थिक सहयोग हस्तान्तरण गरिएको लामिछानेको भनाइ छ।

महिलाको मात्रै लगानी र व्यवस्थापनमा बेनीमा सञ्चालित दिदीबहिनी सहकारीले सामाजिक कार्यका रुपमा मुठ्ठीदान अभियानलाई निरन्तररुपमा सञ्चालन गर्दै आइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved