विशेष अदालतमा वैशाखदेखि अनलाइनबाट तारिख लिन पाइने

नेपालभ्युज

विशेष अदालतमा वैशाखदेखि अनलाइनबाट तारिख लिन पाइने

काठमाडौं। विशेष अदालतमा विचाराधीन मुद्दाका पक्षहरूले उच्च वा जिल्ला अदालतहरूबाट अनलाइन पद्दतिबाट तारिख लिन पाउने भएका छन्।

१३ चैत २०७८ मा विशेष अदालतको पूर्ण बैठकबाट सूचना प्रविधिको प्रयोग (अनलाइन)बाट तारिख लिने सम्बन्धी निर्देशिका, २०७२ बमोजिम १ वैशाख २०७९ देखि माध्यमबाट तारिख लिने लागू गर्ने भनी निर्णय गरेको थियो। विशेष अदालतमा अनलाइन तारिख लिने सम्बन्धमा समन्वयको लागि शाखा अधिकृत भुपेन्द्र उपाध्याय, शाखा अधिकृत यज्ञराज रेग्मी र प्राविधिक टामलाल भुसाललाई चयन गरिएको छ।

सोही सन्दर्भमा पक्षहरूलाई अनलाइन तारिखको सुविधा उपलब्ध गराउनको लागि आवश्यक व्यवस्था, सहयोग तथा सहजीकरण गर्न १७ चैत २०७८ मा सर्वोच्च अदालतबाट आदेश भएको थियो। त्यस्तै अनलाइनबाट तारिख लिनको लागि विशेष अदालतले निर्देशिकाको अनुसूची २ बमोजिम फारमको ढाँचा समेत बनाइसकेका छ।

सर्वोच्च अदालतको आज २० चैत को पत्रबाट अनलाइन तारिख सम्बन्धमा आवश्यक व्यवस्था, सहयोग तथा सहजीकरणका लागि सबै उच्च अदालत र जिल्ला अदालतहरूलाई परिपत्र गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved