ट्याक्टरबाट खसेर युवतीको मृत्यु

नेपालभ्युज

ट्याक्टरबाट खसेर युवतीको मृत्यु
सांकेतिक तस्वीर।

तनहुँ। तनहुँको भानु नगरपालिका–९ डुम्रीखर्कमा ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका २३ वर्षीया एलिना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ।

ग १ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए।

गएराति दाउरा लिन गएका बेला ट्याक्टरबाट खसेर श्रेष्ठ घाइते भएकी थिइन्। ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved