कमल सिंह ऐरी ६ साता मैदानबाहिरै

नेपालभ्युज

कमल सिंह ऐरी ६ साता मैदानबाहिरै

काठमाडौं । शनिबार मलेसियाविरुद्धको खेलका क्रममा घाइते भएका नेपाली क्रिकेटर कमल सिंह ऐरी झन्डै ६ साता मैदान बाहिरै रहने उनको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन्। मलेसियाविरुद्धको लिग खेलमा उनको दाहिँने कुममा चोट लागेको थियो।

उनको हड्डीमा लागेको चोट निको हुन ६ साता लाग्नसक्ने चिकित्सकहरूले बताएका छन् । नेपाल क्रिकेट संघ क्यानले पनि यसको पुष्टि गरेको छ।

नेपाल नेशनल हस्पिटल कलंकीमा उनको उपचार चलिरहेको छ। चिकित्सकहरू निरज केसी र निरञ्जन सुवेदीसहितको उनको उपचारमा संलग्न छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved