सिरहामा वडाध्यक्षको निधन

नेपालभ्युज

सिरहामा वडाध्यक्षको निधन

सिरहा। गोलबजार नगरपालिका–११ बलकावाका वडाध्यक्ष रामदेव यादवको निधन भएको छ। मुटुरोगबाट पीडित ५१ वर्षीय यादवको आज उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको परिवारले बताएको छ।

गत फागुनमा काठमाडौँबाट उपचार गरेर आएका वडाध्यक्ष यादव दुई दिनअघि गाउँकै बजार आएको बेला बेहोस भएका थिए। उनलाई थप उपचारका लागि विराटनगर पुर्‍याइको र उपचारका क्रममा निधन भएको गोलबजार नगरपालिकाका प्रवक्ता उमेश बरालले जानकारी दिए।

उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved