आइपिएलमा लखनउको पहिलो जित

नेपालभ्युज

आइपिएलमा लखनउको पहिलो जित

मुम्बई। लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफ्नो पहिलो डेब्यु जितका लागि चेन्नइ सुपर किंग्सलाई छ विकेटले पराजित गरेको छ। बिहीबारको खेलमा एभिन लेविसले २३ बलमा नटआउट ५५ रन बनाएपछि किंग्सलाई पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको डिफेन्डिङ च्याम्पियन चेन्नाइले सात विकेट गुमाएर २ सय १० रन बनाएको थियो। यसै पल्टको प्रतियोगिताबाट लखनउले पहिलो पल्ट आइपिएल खेल्दै छ।

लेविसले तीन छक्का र छ चौका प्रहार गरे। कप्तान केएल राहुलले ४० र क्विन्टन डे ककले ६१ रन बनाएर टिमको जितको आधार तयार पारेका थिए। चेन्नइका लागि भने रोबिन उथप्पाले ५० र शिभम डुबेले ४९ रन बनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved