वसन्त पन्त, धीरजप्रताप सिंह र रविन्द्र धानुक एआईजीमा बढुवा

नेपालभ्युज

वसन्त पन्त, धीरजप्रताप सिंह र रविन्द्र धानुक एआईजीमा बढुवा

काठमाडौं । सरकारले डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको  छ। १ चैतमा गृहमन्त्रालयले उनीहरूको बढुवा सिफारिस गरेको थियो।

उक्त सिफारिसविरूद्ध लोक सेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो। तर आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेको भोलिपल्ट बसेको मन्त्रिपरिषद् बैठकले बढुवाको निर्णय गरेको हो।

त्यसैगरी सरकारले सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो। भ्रमणमा प्रधानमन्त्रीसहित परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved