आयल निगमको मागः सवारीसाधनमा जोरबिजोर लगाऊँ, आइतबार पनि सार्वजनिक बिदा गरौँ

नेपालभ्युज

काठमाडौं । पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धि हुन थालेपछि नेपाल आयल निगमले सवारी साधनमा जोरबिजोरका साथै आइतबार पनि सार्वजनिक बिदा माग गरेको छ।

निगमले इन्धन खपत घटाउन यस्तो मागसहित सरकारलाई पत्र लेखेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्तावपत्र पठाउँदै निगमले यसबाट इन्धन खपत कम हुने अपेक्षा लिएको छ।

निगमले अत्यावश्यकबाहेक निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्दा निगमको घाटा र देशको व्यापार घाटा कम हुने प्रक्षेपणसहितको मागपत्र सरकारलाई पठाएको हो।

इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा सरकारले प्रतिलिटर १५ रुपैयाँ घटाउनुपर्ने निगमको माग छ।

साथै निगमले पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयात निरुत्साहित गर्दै विद्युतीय सवारीसाधनलाई प्रोत्सान गर्न पनि माग गरेको छ। त्यस्तै खाना पकाउने एलपी ग्यास पनि प्रयोग नगरी विद्युतीय चुलो प्रयोग गर्न सरकारबाटै सार्वजनिक आह्वान गर्नुपर्ने निगमले माग गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved