तत्काल युद्ध रोक्न आग्रह गर्दै रूसी दूतावासअघि प्रदर्शन

नेपालभ्युज

तत्काल युद्ध रोक्न आग्रह गर्दै रूसी दूतावासअघि प्रदर्शन

काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले रूसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाण्डौंस्थित रूसी दुतावास अगाडि प्रदर्शन गरेको छ। रूसी आक्रमणका कारण बालबालिका र महिलासहित हजारौँ निहत्था मानिसको हत्या र अस्पताल एवं शैक्षिक प्रतिष्ठानहरूमाथि भएको आक्रमण मानवता विरुद्धको अपराध भएको भन्दै शान्तिवादीहरूले रूसलाई तत्काल युक्रेनबाट सैनिक फिर्ता गरि युद्ध रोक्न आह्वान गरेका हुन्।

एकातिर रूसी आक्रमणका कारण ३६ लाख बढी युक्रेनीहरू शरणार्थी भएको, ६५ लाख बढी आन्तरिक रुपमा विस्थापित भएको र युद्धकै कारण मानव अधिकार उल्लंघनको डरलाग्दो सिलसिला शुरु भएको, अर्कोतिर युद्ध लम्बिँदै जाँदा परमाणु अस्त्र प्रयोग हुनसक्ने खतरा बढेकाले विश्व युद्ध शुरु हुनसक्ने त्रासदीप्रति शान्तिवादीहरूले गम्भीर चिन्ता व्यक्त गरेका थिए। प्रदर्शनपश्चात् रूसी राष्ट्रपति भ्लादीमिर पुटिनलाई युद्ध तत्काल रोक्न आग्रह गर्दै शान्ति समाजका तर्फबाट लेखिएको पत्र काठमाण्डौंस्थित रूसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो।

यसैगरी रूसलाई तत्काल युद्ध रोक्न आग्रहसहित आज काठमाडौंसहित संखुवासभा, चितवन, दाङ, नवलपुर, तेह्रथुम, बाजुरा लगायत एक दर्जन बढी जिल्लामा प्रदर्शन गरिएको थियो। आइतबार पाल्पा, बारा, रुपन्देही र झापामा प्रदर्शन भएको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved