अब ग्लोबल बैंकको मोबाइल बैंकिङमार्फत भारतमा भुक्तानी गर्न सकिने

नेपालभ्युज

अब ग्लोबल बैंकको मोबाइल बैंकिङमार्फत भारतमा भुक्तानी गर्न सकिने

काठमाडौं। ग्लोबल आइएमई बैंकको मोबाइलल बैंकिङमार्फत भारतपे, पेटीएम, गुगलपे लगायतका भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने भएको छ। ग्लोबल आइएमई बैंकले नेपाल-भारतभित्रका ग्राहकहरूलाई क्यूआर सुविधा सुचारु गर्न पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रा.ली) सँग सम्झौता गरेको छ।

उक्त सम्झौता अनुसार यस बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरूलाई सामान खरिद गर्दा क्यूआर मार्फत भारत पे, पेटीएम, गुगलपे लगायत विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोवार गर्न सकिने कम्पनीले बताएको छ। उक्त सुविधा प्रदान गर्नको लागि सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकलेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका छन्।

सेवा संचालनमा आएपश्चात् यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव हुनेछ। अब भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवा जस्तै भारत पे, पेटीएम, गुगल पे आदिबाट नेपाली र भारतीय व्यापारीबीच क्यूआर पेमेन्ट मार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिनेछ। साथै, बैंकका ग्राहकहरूले पनि भारतीय व्यापारीहरूलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved