स्रोत नखुलेको ५५ लाखसहित दुई जना पक्राउ

नेपालभ्युज

स्रोत नखुलेको ५५ लाखसहित दुई जना पक्राउ

जनकपुरधाम। स्रोत नखुलेको ५५ लाखसहित जनकपुरमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा औरही नगरपालिका-२ चेपकट बस्ने करीब २० वर्षीय धीरजकुमार यादव र सोही ठाउँका रमेशकुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए।

उनका अनुसार जलेश्वर–रामगोपालपुर–बर्दिबास सडकखण्ड अन्तर्गत औरही नगरपालिका–१ स्थित मोटरसाइकलमा सवार रहेका यादव र सहनीको साथबाट उक्त रकम फेला परेको हो।

उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिई जलेश्वर भन्सार कार्यालयमा बुझाएको उनले बताए।

पक्राउ परेका यादव र सहनी उक्त पैसा कहाँबाट र कुन प्रयोजनका लागि ल्याएको नखुलाएकाले थप अनुसन्धान समेत भइरहेको विष्टले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved