नेपालविरुद्धको सिरिजमा पीएनजीको क्लिन स्विप

नेपालभ्युज

नेपालविरुद्धको सिरिजमा पीएनजीको क्लिन स्विप

काठमाडौं । पीएनजीविरुद्धको एकदिवसिय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ। यससँगै नेपालले २–० ले सिरिज गुमायो।

दोस्रो खेलमा नेपाल ३ विकेटले पराजित भएको हो। किर्तिपुरस्थित क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७९ रनको लक्ष्य पिएनजीले ७ विकेट गुमाएर ४८ ओभर ४ बलमा भेट्ट्यायो।

पीएनजीबाट लेगा साइकाले सर्वाधिक ९० तथा लिरे हिकुरेले अविजित ४८ रन बनाए। त्यसैगरी सेसे बाउले ३८ र चाल्र्स एमिनीले ३५ रन बनाए।

नेपालबाट सोमपाल कामीले ३ र पवन सर्राफले २ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन्। सन्दीप लामिछाने र आरिफ शेखले पनि नेपालबाट एक-एक विकेट लिएका थिए।

दीपेन्द्रको शतक 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालबाट अलराउण्डर दीपेन्द्रसिंह ऐरीले सर्वाधिक १०५ रनको शतकीय पारी खेले। त्यस्तै,  देव खनालले ८६ बलमा  ७२ रन बताएका थिए।

लगातार दोस्रो हार

पीएनजीसँग नेपाल लगातार दोस्रो खेलमा पराजित भएको हो। शुक्रबार पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो। नेपालले एकदिवसिय सिरिज गुमाएको यो पहिलोपटक हो। यसअघि खेलेका ३ वटा सिरिजमध्ये नेपालले दुई सिरिज जितेको थियो भने एक सिरिजमा बराबरी खेलेको थियो।

यता, पीएनजीले सन् २०१४ पछि पहिलोपटक एकदिवसिय सिरिज जितेको हो। नेपालले अब पीएनजी र मलेसियासँग त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछ। त्रिभुवन विश्वविद्यालयको मैदानमा यो सिरिज सोमबारदेखि शुरू हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved