रोहितको कीर्तिमानी ब्याटिङ, तर नेपाल पराजित

नेपालभ्युज

रोहितको कीर्तिमानी ब्याटिङ, तर नेपाल पराजित

काठमाडौं । नेपाली क्रिकेटका युवा ब्याटर रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास नै बनाए पनि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध हार बेहोरेको छ।

टीयू मैदान कीर्तिपुरमा टस हारेर टस हारेर नेपाललाई २ सय ९३ रनको लक्ष्य दिएको थियो।पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो। पीएनजीका चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाए। त्यस्तै क्याप्टेन असद भालाले ६० रन बनाए।

नेपालका लागि भने १ सय ७ बलमा रोहितले कीर्तिमानी १ सय २६ रन बनाए। जुन ओडीआईमा नेपालका लागि सर्वाधिक रनको आँकडा हो। उनले पारस खड्काको १ सय १५ रनको रेकर्ड तोडे। ८ विकेट गुमाएको नेपालले पूरा ओभरमा मात्र २ सय ८६ रन बनायो। हार बाबजुद नेपालको यो ऐतिहासिक रन रेकर्ड हो।

अन्तिमतिर बलर सोमपाल कामी र कमलसिंह ऐरीको काँधमा खेल जिताउने जिम्मा भए पनि पीएनजीको विशाल लक्ष्य नेपालले भेट्टाउन सकेन। यसअघि नेपालका ओपनर कुशल भुर्तेल र आरिफ शेखले क्रमश २८ र ६४ रन बनाए।

नेपालका देव खनालले १ रन पनि बनाएनन्। दीपेन्द्र सिंह ऐरी र भीम सार्कीले क्रमशः १७ र १८ रन बनाए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved