रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली

उनले ९२ बलमा सात चौका र दुई छक्काको मद्दतले शतक पूरा गरे।

नेपालभ्युज

रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली

काठमाडौं। नेपाली क्रिकेट खेलाडी रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली ब्याटर बनेका छन्।

पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्दै रोहितले शतक प्रहार गरेका हुन्। उनले ९२ बलमा सात चौका र दुई छक्काको मद्दतले शतक पूरा गरे।

पीएनजीविरुद्ध रोहितले १०१ रन बनाएर खेलिरहेका छन्। यसअघि आजैको खेलमार्फत पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको रेकर्ड तोडेका छन्।

मल्लको नाममा रहेको १९ खेलमा ४८० रनको रेकर्ड रोहितले तोडेका हुन्। युवा ब्याटर रोहितले १६ खेलमा नै मल्लको नाममा रहेको रेकर्ड आफ्नो नाममा लेखाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved