गाउँपालिका उपाध्यक्ष लोसपाबाट निष्काशित

जसपा फुटेर लोसपा बनेपछि उपाध्यक्ष खातुनले लोसपा रोजेकी थिइन्। उनी पुन: जसपामै फर्कने तयारी गरेको स्रोतले जनाएको छ।

नेपालभ्युज

गाउँपालिका उपाध्यक्ष लोसपाबाट निष्काशित

जनकपुरधाम। महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुनलाई पार्टीबाट निष्काशित गरिएको छ।

महोत्तरी जिल्ला कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। पार्टीको निर्देशनविपरीतका क्रियाकलापमा खातुन सहभागी भएकाले उनलाई कारबाही गरिएको लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहले बताए।

जिल्ला अनुशासन समितिको सिफारिसमा कार्यसमितिले उपाध्यक्ष खातुनलाई पार्टीबाट निष्कासन गरिएको अध्यक्ष साहको भनाइ छ। जसपा फुटेर लोसपा बनेपछि उपाध्यक्ष खातुनले लोसपा रोजेकी थिइन्। उनी पुन: जसपामै फर्कने तयारी गरेको स्रोतले जनाएको छ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved