भारत भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

भ्रमण तीन दिनको रहने जनाइएको छ। चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण सकिएलगत्तै प्रधानमन्त्री दिल्ली प्रस्थान गर्ने भएका हुन्।

नेपालभ्युज

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा
फाइल तस्वीर।

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन्। १८ चैतमा भारत भ्रमणमा जाने तय भएको उच्च स्रोतले जनाएको छ। भ्रमण तीन दिनको रहने जनाइएको छ। चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण सकिएलगत्तै प्रधानमन्त्री दिल्ली प्रस्थान गर्ने भएका हुन्।

बालुवाटार स्रोतका अनुसार देउवाको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ। प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो। गत असारमा पाँचौँ पटक प्रधानमन्त्री भएका देउवाले भारतको औपचारिक भ्रमण गरेका छैनन्।

प्रधानमन्त्री भएपछि देउवाले पहिलो विदेश भ्रमणका रूपमा कोप–२६ मा सहभागी हुन बेलायत गएका थिए। यसअघि पुस अन्तिम साता भारतमा हुने भनिएको भ्रमण रद्ध भएको थियो। गुजरातको गान्धीनगरमा आयोजना हुन लागको दशौँ भाइब्रेन्ट गुजरात ग्लोबल समीटमा सहभागी हुन प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका थिए। पछि समिट रद्ध भएपछि उनको भ्रमण रोकिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved