भाषा अनुवाद यन्त्र खोज्दै परराष्ट्र मन्त्रालय

चिनियाँ परराष्ट्रमन्त्रीको भ्रमण आउन दुई दिन पनि बाँकी छैन तर परराष्ट्र मन्त्रालयले अहिलेसम्म भाषा अनुवाद यन्त्र जोहो गर्न सकेको छैन।

नेपालभ्युज

भाषा अनुवाद यन्त्र खोज्दै परराष्ट्र मन्त्रालय

काठमाडौं। चीनका परराष्ट्रमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमण नजिकिइसक्यो। अबको दुई दिनमा उनी नेपाल आइपुग्नेछन्। तर भ्रमणको तयारीमा जुटेको परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म पनि भाषा अनुवाद यन्त्र जुटाउन सकेको छैन।

दुई पक्षीय वार्ताका लागि आवश्यक पर्ने चिनियाँ र नेपाली भाषाको दोहोरो रुपान्तरण गर्ने यन्त्रको खोजीमा परराष्ट्र मन्त्रालय बल्ल जुटेको छ।

उक्त यन्त्र सञ्चालन गर्ने प्रक्रिया समेत मन्त्रालयका पदाधिकारीलाई जानकारी छैन। यस विषयमा बुझ्दा परराष्ट्र मन्त्रालयका एक अधिकारीले आफूलाई उक्त यन्त्र उपयोग गर्ने तरिका समेत थाहा नभएको बताए।

सामान्यतः मन्त्रालयमा यति ज्ञान पनि नहुने अनुमान गरिँदैन। यस्तै भ्रमण, वार्ता र भेटघाटको व्यवस्थापन गर्ने जिम्मेवारी लिएको मन्त्रालयमा यन्त्र र त्यो सञ्चालन गर्ने ज्ञान नहुनु स्वाभाविक होइन। तर एकपटक सिकेको सीप हस्तान्तरण गर्ने प्रक्रिया नहुँदा यस्तो समस्या आएको मन्त्रालय स्रोत बताउँछ।

“यसअघि त्यो उपकरण व्यवस्था मिलाउने अधिकारी अहिले अर्को स्थानमा पोस्टिङमा हुनुहुन्छ होला त्यसले अहिले त्यो ठाउँमा भएका व्यक्तिलाई जानकारी नभएको हो,” परराष्ट्रका ती अधिकारी भन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved