प्रधानमन्त्री देउवा भोलि तनहुँ जाने

नेपालभ्युज

प्रधानमन्त्री देउवा भोलि तनहुँ जाने
फाइल तस्वीर

तनहुँ। प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ जाने भएका छन्। जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी तनहुँ जान लागेका हुन्।

प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षणपश्चात् प्रधानमन्त्री देउवाले निर्देशन दिने कार्यक्रम छ।

त्यसपछि प्रधानमन्त्री देउवा नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्। लगत्तै उनी तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा शुरु हुने आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री देउवाले बिहीबार नै ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्नेछन्। गाउँपालिकाले तीन करोड ५० लाखको लागतमा प्रशासकीय भवन निर्माण गरेको हो। उक्त भवनको उद्घाटन सकेर प्रधानमन्त्री देउवा काठमाडौं फर्किने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved