यूएईविरूद्ध टस जितेर बलिङ गर्दै नेपाल

नेपालभ्युज

यूएईविरूद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक एकदिवसिय सिरिजको तेस्रो खेलमा आयोजक यूएईविरूद्ध नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ। आजको खेलमा नेपाली टिममा तीन खेलाडी परिवर्तन गरिएको छ।

ओपनर आशिफ शेख, फास्ट बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई विश्राम दिइएको छ भने विकेटकिपर ब्याट्‍सम्यान विनोद भण्डारी तथा पवन सर्राफ र विक्रम सोबले टिममा मौका पाएका छन्।

आईसीसी विश्‍वकप लिग २ अन्तर्गतको यो सिरिजमा नेपालले पहिलो खेलमा पिएनजीलाई पराजित गरेको थियो भने दोस्रो खेलमा यूएईसँग हार भोगेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved