बालिकाका लागि विद्यालय खोल्ने तालिबानको निर्णय

सत्तामा आएदेखि तालिबानले महिलाको आवागमनको स्वतन्त्रतालाई कुचल्ने लगायतका हरेक क्षेत्रमा महिला अधिकारलाई बन्देज लगाएको थियो।

नेपालभ्युज

बालिकाका लागि विद्यालय खोल्ने तालिबानको निर्णय

एजेन्सी। तालिबानले २२ मार्चदेखि छात्राहरूलाई पनि विद्यालय जान अनुमति दिने भएको छ।

यो सँगै अब अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेदेखि बालिकाहरूलाई विद्यालय प्रवेशमा लगाइएको प्रतिबन्ध अन्त्य हुनेछ।

ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)का पूर्व वरिष्ठ अफगानिस्तान अनुसन्धानकर्ता हेदर बारले यो निर्णयसँगै बालिकाहरूले पढ्न पाउने अधिकारीको केही हदसम्म भए पनि सुनिश्चितता गर्ने बताए।

सत्तामा आएदेखि तालिबानले महिलाको आवागमनको स्वतन्त्रतालाई कुचल्ने लगायतका हरेक क्षेत्रमा महिला अधिकारलाई बन्देज लगाएको थियो।

अधिकांश कन्याहरुले पढ्ने माध्यमिक विद्यालय बन्द छन्। विश्वविद्यालयहरू भर्खरै नयाँ नियमहरूको साथ पुनः खोलिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved