शंकर पोखरेलको प्रश्न : एउटै काम ओलीले गर्दा गलत अरुले गरे सही कसरी हुन्छ ?

पोखरेलले प्रचण्डको ढाडमा टेकेर टाउकोमा हान्ने नीतिका कारण नेपालमा कम्युनिष्ट एकता हुन नसक्ने पनि बताए। उनले तत्कालीन समयमा नेकपा विभाजन र संसद् विघटनसम्मको कदमहरुको कारक प्रचण्ड रहेको बताए।

नेपालभ्युज

शंकर पोखरेलको प्रश्न : एउटै काम ओलीले गर्दा गलत अरुले गरे सही कसरी हुन्छ ?

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले तत्कालीन समयमा नेकपामा जे कुराको विरोध गरे अहिले त्यही काम गरिरहेको बताएका छन्।

धादिङमा पार्टीको निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एउटै काम केपी शर्मा ओलीले गर्दा गलत हुने तर अरुले गरे सही कसरी हुन्छ भन्दै प्रश्न गरे।

तत्कालीन समयमा नेकपाभित्र एक व्यक्ति, एक पदका विषय चर्को रुपमा उठाएको तर अहिले माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा (एस)का अध्यक्ष प्रचण्डले बहुपद धारणा गरेको विषयमा पनि उनले प्रहार गरे।

पोखरेलले तत्कालीन समयमा प्रचण्ड र नेपालले अध्यक्ष ओलीमाथि लगाएका आरोपहरु अध्यादेश ल्याउने, बहुपद लिनेलगायत अहिले आफै गरिरहेको बताए। उनले ओलीले निर्वाचनमा जाउँ भनेको समयमा उग्र विरोध गरेका प्रचण्ड र नेपाल अहिले आएर अर्ली इलेक्सन भन्दै उफ्रेको पनि आरोप लगाए।

पोखरेलले प्रचण्डको ढाडमा टेकेर टाउकोमा हान्ने नीतिका कारण नेपालमा कम्युनिष्ट एकता हुन नसक्ने पनि बताए। उनले तत्कालीन समयमा नेकपा विभाजन र संसद् विघटनसम्मको कदमहरुको कारक प्रचण्ड रहेको बताए।

एमालेमा रहेको अन्तरसंघर्षको फाइदा उठाउँदै प्रचण्डले खेल्न खोजेको पोखरेलले बताए। भने, “प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी शर्मा अ‍ोलीको टाउकोमा हिर्काउने कोशिश गर्नुभो। तत्कालीन नेकपा भित्रको अन्तरसंघर्षको कारण त्यही थियो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved