सयौं युक्रेनी भएको स्थानमा रूसी बम विष्फोट, अधिकांश बालबालिका मारिएको आशंका

नेपालभ्युज

सयौं युक्रेनी भएको स्थानमा रूसी बम विष्फोट, अधिकांश बालबालिका मारिएको आशंका

काठमाडौं। रुसले युक्रेनको मारियुपोल शहरमा रहेको एउटा ड्रामा थिएटर र स्विमिङ पुल ‘नेप्च्युन’मा हवाई बम विष्फोट गराइएको छ।

यी दुई ठाउँमा १,००० भन्दा बढी सर्वसाधारणले शरण लिएका थिए, जसमध्ये ८० प्रतिशत बालबालिका र महिला रहेका जनाइएको छ। मारिउपोल सिटी काउन्सिलका अनुसार मृतकको संख्या अहिलेसम्म थाहा नभए पनि बम विष्फोटमा दुवै स्थानमा नराम्ररी क्षति पुगेको छ।

जसका कारण महिला तथा बालबालिकाको ठूलो मात्रामा ज्यान जाने सम्भावना छ। तर, रुसी रक्षा मन्त्रालयले आक्रमणको खण्डन गर्दै युक्रेनी समर्थक मिलिशिया अजोभ बटालियनलाई बम विष्फोट गरेको आरोप लगाएको छ।

यसैबीच अमेरिकाले युक्रेनलाई ८० करोड डलर सैन्य सहायता दिने भएको छ।

न्युयोर्क टाइम्सले जनाएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन्। बुधबार करिब ८ मिनेटको सम्बोधनमा बाइडेनले रुसी आक्रमणसँग लड्न युक्रेनलाई करिब ६२० करोड ४० लाख रुपैयाँ (८० करोड डलर) सैन्य सहायता दिने घोषणा गरेका थिए।

तर, यस अवधिमा उनले युक्रेनले लगातार माग गर्दै आएको युक्रेनमाथि ‘नो फ्लाई जोन’ घोषणा गर्नेबारे केही भनेनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved