नेपाल टेलिकमले ल्यायो अनलिमिटेड डाटासहितको फागु अफर

नेपालभ्युज

नेपाल टेलिकमले ल्यायो अनलिमिटेड डाटासहितको फागु अफर

काठमाडौं । नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर ल्याएको छ। यो अफर भोलि अर्थात् ३ चैतदेखि १७ चैतसम्म उपलब्ध हुने जनाइएको छ।

यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ। *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ।

नेपालीहरूको महत्वपूर्ण पर्वहरू फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ। यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरू लाभान्वित हुनुहुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved