विश्वकप लिग २ : टस हारेको नेपाल बलिङ गर्दै

नेपालभ्युज

विश्वकप लिग २ : टस हारेको नेपाल बलिङ गर्दै

काठमाडौं । युएइर्एमा जारी आईसीसी पूरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा आज नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गरिरहेको छ। सारजहाँ क्रिकेट मैदानमा टस जितेपछि पीएनजीले ब्याटिङ रोजेको छ।

पीएनजीका लागि लेगा साइका र टोनी उराले ब्याटिङ ओपनिङ गरेका छन्। आजको खेलमा नेपाली टिमबाट युवा स्पिनर सागर ढकालले पनि मौका पाएका छन्, यो उनको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो।

सन्दीपको पहिलो एकदिवसीय कप्तानी

यसअघि टी ट्व‍ान्टी विश्वकप छनोटमा पहिलोपटक नेपालको कप्तानी गरेका सन्दीप लामिछानेले यस खेलमार्फत एकदिवसीय फर्म्याटमा पनि कप्तानी थालेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved