म्यानचेस्टर युनाइटेडलाई हराउँदै एट्लेटिको क्लब च्याम्पियन्स लिगको क्वार्टरफानइमा

नेपालभ्युज

म्यानचेस्टर युनाइटेडलाई हराउँदै एट्लेटिको क्लब च्याम्पियन्स लिगको क्वार्टरफानइमा

काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई १-० (समग्र नतिजा २-१) ले हराउँदै एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।

वर्ल्ड ट्राफोडमा भएको दोस्रो लिगमा डिएगो सिमोनीको टोलीका लागि रेनान लोधीले ४१ औं मिनेटमा निर्णायक गोल गरे। यसअघि पहिलो लेग एट्लेटिकोको घरेलु मैदानमा भएको थियो, यहाँ यी दुई क्लबले १-१ गोलको बराबरी खेलेका थिए।

च्याम्पियन्स लिगअन्तर्गत नै अर्को खेलमा बेनफिकाले अज्याक्सलाई १-० ले हराएको छ। यसअघि पहिलो लेगमा यी दुई टोलीले २-२ गोलको बराबरी खेलेका थिए। समग्रमा ३-२ को जित निकाल्दै अज्याक्स क्वाटरफाइनलमा पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved