उतारचढावबीच करीब ४९ अर्ब पुग्यो निक्षेप, लगानी ४७ अर्ब

नेपालभ्युज

उतारचढावबीच करीब ४९ अर्ब पुग्यो निक्षेप, लगानी ४७ अर्ब

काठमाडौं। चालू आर्थिक वर्षको शुरुदेखि उठ्न नसकेको बैंकिङ बजारमा पछिल्लो महीनामा निक्षेपमा उतारचढाव देखिएको छ। लामो समय तरलताको उच्च संकट व्यहोरिरहेका वाणिज्य बैंकहरूमा निक्षेपमा उतारचढाव देखिएपछि बैंकहरूले कर्जा लगानी व्यवस्थापन गर्न सकेका छैनन्।

आइतबार २ अर्ब निक्षेप थपिएसँगै बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ४८ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। बैंकिङ प्रणालीमा २७ फागुनमा ८ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो।

आइतबार बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भने एकैदिन ५ अर्ब भएको छ। यससँगै कुल कर्जा ४६ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ।

बैंकहरूको तरलतामा थप चाप पर्दै औसत सीडी रेसियो पनि बढेको छ। २७ फागुनमा सिडी रेसियोमा सामान्य सुधार भएर ९०.४७ प्रतिशत रहेकोमा २९ गते ९०.५६ प्रतिशत कायम भएको छ। यसअघि २६ फागुनसम्म बैंकहरूको औसत सीडी रेसियो ९०.५४ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर पनि उच्चतम बिन्दु ७ प्रतिशत कायम भएको छ।

नेपाल राष्ट्र बैंकले आयातमा गरेपछि आयातका लागि माग गरिने विदेशी मुद्राको कर्जा घट्न थालेको हो। फागुन महीनाको पहिलो साता ३ अर्ब स्वेदशी मुद्राको निक्षेप बढेको बैंकिङ प्रणालीमा दोस्रो सातामा एक अर्ब र तेस्रो साता ११ अर्ब रुपैयाँ स्वेदशी निक्षेप थपिएको थियो।

चालु आर्थिक वर्षको फागुन महीनामा स्वदेशी र विदेशी मुद्राको कुल निक्षेप १७ अर्ब रुपैयाँ रहेको छ। त्यसैगरी यस अवधिमा १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। चालु आवको २९ फागुनसम्ममा बैंकहरूमा कुल निक्षेप ४३ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ भने ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved