जसले जोगाएका छन् हराउँदै गरेको रिक्साको अस्तित्व (फोटो फिचर)

जसले जोगाएका छन् हराउँदै गरेको रिक्साको अस्तित्व (फोटो फिचर)

काठमाडौं। वि.सं. १९६२ चन्द्र शम्शेरले आफ्ना दरबारिया पण्डितका लागि भित्र्याएको तीन पांग्रे रिक्सा छोटो समयमा काठमाडौंका चिल्ला सडक हुँदै तराईंका कच्ची सडकसम्म लोकप्रिय बन्यो। यसले कतिको यात्रा छोट्यायो त कतिलाई गन्तव्यमा पुर्‍यायो। लाखौँको दैनिकीको सहारा बनेको यो अहिले आफै भने संकटमा छ।

किनारतर्फका घरहरूले च्याप्दै, बढ्दो शहरीकरण र आधुनिक प्रविधियुक्त मोटरहरूका कारण तीनपांग्रे रिक्सा हराउँदै गएका छन्। त्यसको ठाउँ ब्याट्री र बिजुलीबाट चल्ने टेम्पो रिक्साले ओगटेका छन्। काठमाडौं महानगरपालिकाले त यस्ता रिक्साको दर्ता बन्द गरेको पनि धेरै भइसकेको छ। प्रविधिले दैनिकीलाई सजिलो बनाएको छ। तर काठमाडौंका सडकमा केही मान्छेहरूले तीनपांग्रे रिक्साको त्यो इतिहास जोगाएर राखेका छन्।

विशेषगरी असन र ठमेललगायतका व्यस्त गल्लीहरूमा बढी देखिने रिक्सामा रिक्सावालहरूले विदेशी पर्यटक तथा सरसामनहरू बोक्ने गरेका छन्। कोभिडपछि अवस्था सामान्य बन्दै गएका कारण नेपाल आउने पर्यटकहरूको संख्या बढ्दै गएकाले रिक्सा व्यवसाय विस्तारै तंग्रिदै गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved