तस्वीरहरूमा हेर्नुहोस् साकेलाको रमाइलो

तस्वीरहरूमा हेर्नुहोस् साकेलाको रमाइलो

काठमाडौं । उधौली पर्वको अवसरमा काठमाडौं आसपासमा साकेला सिली नाचिएको छ।

किरात समुदायको महान् चाड उधौली साकेला यलेदोङको अवसरमा किराँत राई समुदायले शनिबार शुभकामना आदान-प्रदान गर्दै साकेला नाचेका हुन्। किरात-राईको संस्कृतिलाई प्रचार-प्रसार एवं संरक्षण गर्दै साकेला नाच्ने गरिन्छ।

किरात समुदायको बस्तीमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमामा उभौली तथा अन्नबाली पाकेपछि उधौली पर्व मनाउने प्रचलन छ। किराँत समुदायमा पाकेको अन्न पितृलाई नचढाइ खान हुने विश्वास रहिआएको छ।

उभौली र उद्यौलीलाई किरात समुदायले छोरीचेली, बाउमाइती, आफन्त, इष्टमित्र भेटघाट गर्ने अवसरको रुपमा पनि लिने गरिन्छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved