नवलपरासी। राधा क्यान्सर सचेतना फाउण्डेशनको आयोजनामा निःशुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित भएका छन्। हुप्सेकोट ४ शंखदेवको शिक्षा बोधनि माविमा शनिबार भएको एक दिवशीय निःशुल्क स्वास्थ्य शिविरमा स्त्री तथा प्रजनन स्वास्थ्य र दन्त परीक्षण गरिएको थियो।
राधा क्यान्सर सचेतना फाउण्डेशनको आयोजनामा तथा श्री शिक्षा बोधनि माध्यमिक विद्यालय हुप्सेकोट गाउँपालिका ४ शंखदेवको व्यवस्थापन र मौलाकालिका अस्पताल भरपुर चितवन , ओम डेण्टल क्लिनिक कावासोतीको प्राविधिक सहयोगमा शिविर आयोजना भएको फाउण्डेशनका अध्यक्ष प्रकाश शर्मा बस्यालले बताए।
शिविरमा स्त्री रोग विशेषज्ञ डा. रमेश पौडेल , फिजिसियन डा. प्रतीक न्यौपाने, मेडिकल अफिसर डा. संगम न्यौपाने , डा.विवेक रेग्मी, दन्तरोग विशेषज्ञ डा. सुसिता अधिकारीले सेवा दिएका थिए। साथै शिविरमा उपस्थित हुन नसकेका वृद्धवुद्धालाई घरमै पुगेर स्वास्थ्य जाचँ गरेको थिए।
समयमै रोगको पहिचान भएमा मानिसको ज्यान जाने खतरा न्यून हुने र औषधी उपचारमा पनि कम खर्च लाग्ने भएकाले समय समयमा स्वास्थ्य परीक्षण गर्न सबैलाई आग्रह गर्नुभयो। शिविरमा औषधि उत्पादक संघ नेपाल र राजु मेडिकल हल दलदले , जिरी अस्पताल दोलखाका मेडिकल सुपरिटेन्डेन्ट डा देवेन्द्र गौतमले औषधि आवश्यक परेका बिरामीहरूलाई औषधि सहयोग गरेका थिए।