श्रीलंका जाँदै नेपाली क्रिकेट टिम

श्रीलंका भ्रमणका क्रममा नेपाली टिमले त्यहाँको फस्ट क्लास क्लबसँग चार ओटा अभ्यास खेल खेल्ने क्यानले जनाएको छ। नेपाली टोली श्रीलंकाबाटै १४ मार्चमा यूएई जाने छ।

नेपालभ्युज

श्रीलंका जाँदै नेपाली क्रिकेट टिम

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंका जाँदैछ। यूएईमा हुने एकदिवशीय क्रिकेट सिरिजको तयारीका लागि नेपाली टिम श्रीलंका जान लागेको हो।

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टूअन्तर्गत यूएईमा एकदिवसीय सिरिजको आयोजना हुँदैछ। सोही सिरिजको तयारीका लागि नेपाली टिम श्रीलंका जान लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

श्रीलंका भ्रमणका क्रममा नेपाली टिमले त्यहाँको फस्ट क्लास क्लबसँग चार ओटा अभ्यास खेल खेल्ने क्यानले जनाएको छ। नेपाली टोली श्रीलंकाबाटै १४ मार्चमा यूएई जाने छ।

उक्त सिरिजमा नेपालले यूएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ । जसका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

सिरिजअन्तर्गत नेपालले पहिलो खेल १६ मार्चमा खेल्नेछ। जसमा नेपालले शारजहाँ क्रिकेट मैदानमा पीएनजीको सामना गर्नेछ।

युएईविरुद्ध १८ मार्चमा दोस्रो खेल खेल्ने नेपालले तेस्रो खेल युएईविरुद्ध नै २१ मार्चमा खेल्नेछ। २२ मार्चमा हुने अन्तिम खेलमा नेपालले पीएनजीको सामना गर्नेछ।

सात टिम सहभागी लिग टूमा अहिलेसम्म २३ खेलबाट ३० अंक जोडेको ओमान शीर्ष स्थानमा रहेको छ । १२ खेल खेलेको स्कटल्यान्ड १६ अंक, १६ खेल खेलेको अमेरिका १४, १० खेल खेलेको यूएई १२ तथा नौ खेल खेलेको नामिबिया १० अंकसहित क्रमशः दोस्रोदेखि पाँचौ स्थानसम्म रहेका छन् । आठ खेलबाट आठ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved