तीन प्रदेशमा तीन वर्षे जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरणको परियोजना शुरु हुने

नेपालभ्युज

तीन प्रदेशमा तीन वर्षे जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरणको परियोजना शुरु हुने

काठमाडौं। मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वातावरण तथा जलवायु अनुकुल विकासमा नेपाली परियोजना सञ्चालन हुने भएको छ।

परियोजना यूथ इन्नोभेसन ल्याबको नेतृत्वमा र रेस्टलेस डेभलपमेन्ट नेपाल, क्रियसन, सीडीएमएस र युरोपेली संघको सहयोगमा जनवरी २०२२ देखि डिसेम्बर २०२५ सम्म सञ्चालन हुन लागेको हो।

कोभिड–१९ को महामारीले असर परेको समयमा यस परियोजनाद्वारा तीनै प्रदेशलाई प्राथमिकता दिई रोजगारीको अवसरहरू सृजना गर्ने आयोजकले जनाएको छ। साथै यस परियोजनाले युवाहरू मार्फत स्थानीय तहको जलवायू परिवर्तन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी तथ्यमा आधारित नीति, योजना तथा कार्यक्रम निर्माण गर्न क्षमता विकास गर्ने आयोजकको दावी छ।

जलवायुमैत्री उद्यमशील कार्यक्रम मार्फत युवाहरूलाई संलग्न गरि रोजगारीहरू प्रदान गर्न, जीविकोपार्जनको स्तरोन्नति गर्न र उद्यम, जलवायु परिवर्तन र सुशासनका क्षेत्रमा युवाहरूलाई सोही क्षेत्रका विज्ञहरूसँग सहभागी गर्ने लक्ष्य रहेको छ।

जलवायू परिवर्तन सम्बन्धी विषयहरू उठाउन, कम लागत प्रविधिको प्रयोग गर्न प्रोत्साहन गर्ने, तथ्यांकमा आधारित अभियन्ताहरूको समूह विकास गर्ने उद्देश्य पनि यस परियोजनाले लिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved