वादी समुदायका बालबालिकालाई सहयोग

नेपालभ्युज

वादी समुदायका बालबालिकालाई सहयोग

सुर्खेत । नेपाल सुनचाँदी व्यवसायी महासंघले नवौँं स्थापना दिवसका अवसरमा वादी समुदायका एक सय ९० जना बालबालिकालाई शैक्षिक सामग्री तथा फलफुल वितरण गरेको छ। शुक्रबार स्थापना दिवसको अवसरमा वादी समुदायका बालबालिकालाई शैक्षिक सामग्री तथा फलफुल वितरण गरिएको हो।

बालबालिकाहरु सानै हुने भएकाले बालबालिकालाई सबैको समान हक हुने भएकाले वादी समुदायका बालबालिकालाई आफुहरुले सहयोग हन्तान्तरण गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघ कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले बताए। ‘बालबालिकाहरुलाई सबैले समान व्यवहार गरिनुपर्छ।’ उनले भने,‘बालबालिका सबैका साझा भएकाले सहयोग गरेका छौं।’

व्यवसाय भनेको कमाउने मात्र नभएर समाजसेवामा पनि ध्यान दिनुपर्ने काम भएकाले आफुहरुले सुनचाँदी व्यवसायबाट कमाएको केही रकम समाजसेवा खर्च गरेको अध्यक्ष सुनारले बताए। ‘हामीले समाजसेवामा उत्तरदायित्व बहन मात्र गरेका हौं ।’ उनले भने,‘यसले उनीको जीवनमा परिवर्तन ल्याउन सानो सहयोग मात्र हो।’

वादी समुदायका बालबालिका र सिङ्गो समुदायका लागि संघ सरकार, प्रदेश सरकार र स्थानीय तहले पहल चाल्नु आवश्यक रहेको अध्यक्ष सुनारले बताए।

वादी समुदाय अझै पछाडि नै रहेकाले यो समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पहुँच पुर्‍याउन आवश्यक रहेको वादी सरोकार मञ्चका अध्यक्ष हिक्मत वादीले बताए । ”वादी समुदाय हरेक क्षेत्रमा पछाडी परेको छ,’ उनले भने,”यो समुदायको हितका लागि सबैको सहयोगको आवश्यकता रहेको छ।”

सबैले समाजमा रहेका पछाडी पारिएका क्षेत्र, समुदाय, जाती र लिङ्गका लागि काम गर्ने भएकाले अझैँ पनि वादी समुदाय मुलधारमा आउन नसकेको उनको भनाइ थियो।

आगामी दिनमा पनि व्यवसायबाट आएको केही रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्ने लक्ष्य रहेको र त्यसका लागि आफूहरुले व्यवसायबाट केही रकम संकलन गर्ने लक्ष्य राखिएको सुनचाँदी व्यवसायी महासंघ कर्णाली प्रदेशका सचिव चित्र सुनारले जानकारी दिए।

बालबालिकालाई सबैको समान हक हुने भएकाले वादी समुदायका बालबालिकालाई आफुहरुले सहयोग हन्तान्तरण गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघ कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले बताए। ”बालबालिकाहरुलाई सबैले समान व्यवहार गरिनुपर्छ।” उनले भने,”बालबालिका सबैका साझा भएकाले सहयोग गरेका छौं।”

व्यवसाय भनेको कमाउने मात्र नभएर समाजसेवामा पनि ध्यान दिनुपर्ने काम भएकाले आफुहरुले सुनचाँदी व्यवसायबाट कमाएको केही रकम समाजसेवा खर्च गरेको अध्यक्ष सुनारले बताए। ”हामीले समाजसेवामा उत्तरदायित्व बहन मात्र गरेका हौं,” उनले भने।

वादी समुदायका बालबालिका र सिङ्गो समुदायका लागि संघ सरकार, प्रदेश सरकार र स्थानीय तहले पहल चाल्नु आवश्यक रहेको अध्यक्ष सुनारले बताए।

वादी समुदाय अझै पछाडि नै रहेकाले यो समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पहुँच पुर्‍याउन आवश्यक रहेको वादी सरोकार मञ्चका अध्यक्ष हिक्मत वादीले बताए। ”समुदाय हरेक क्षेत्रमा पछाडी परेको छ।” उनले भने,”यो समुदायको हितका लागि सबैको सहयोगको आवश्यकता रहेको छ।”

सबैले समाजमा रहेका पछाडी पारिएका क्षेत्र, समुदाय, जाती र लिङ्गका लागि काम गर्ने भएकाले अझैँ पनि वादी समुदाय मुलधारमा आउन नसकेको उनको भनाइ थियो ।

आगामी दिनमा पनि व्यवसायबाट आएको केही रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्ने लक्ष्य रहेको त्यसका लागि आफुहरुले व्यवसायबाट केही रकम संकलन गर्ने लक्ष्य राखिएको सुनचाँदी व्यवसायी महासंघ कर्णाली प्रदेशका सचिव चित्र सुनारले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved