शुक्रबारबाट प्रदर्शनमा आउने ‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ पनि

नेपालभ्युज

शुक्रबारबाट प्रदर्शनमा आउने ‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ पनि

काठमाडौं। अभिनेता शिव श्रेष्ठ ‘लप्पन छप्पन २’ मा देखिने भएका छन्।

बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा ‘लप्पन छप्पन २’ मा पाएको भूमिका आफूलाई मन परेको प्रतिक्रिया दिएका छन्। मुकुन्द भट्ट निर्देशित चलचित्रमा शिवका अलावा सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, विशाल पहारी, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डालगायत कलाकारहरुको अभिनय रहेको छ।

अभिनेता श्रेष्ठका समकालीन कलाकारहरु अभिनय क्षेत्रबाट हराइसकेका छन् खासै सक्रिय छैनन्। तर, अभिनेता श्रेष्ठ निरन्तर चलचित्रमा काम गर्दै आएका छन्। उनी अभिनीत नयाँ चलचित्र ‘लप्पन छप्पन २’ यही शुक्रबारबाट (भोलि) प्रदर्शनमा आउँदैछ। यो चलचित्रबाट आफूले ठूलो आशा गरेको अभिनेता श्रेष्ठले बताएका छन्।

कार्यक्रममा अभिनेता शिव श्रेष्ठले ‘लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्टको काम गर्ने शैली आफूलाई मन परेको बताएका छन्। एक्सन ड्रामाको वर्गमा पर्ने यो सिनेमाको कथा पैसा र शक्तिको विषयमा घुमेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved