प्रतिनिधिसभा बैठक सात मिनेट बसेर स्थगित

प्रतिनिधिसभाको आगामी बैठक २२ फागुन आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

नेपालभ्युज

प्रतिनिधिसभा बैठक सात मिनेट बसेर स्थगित

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक करीब सात मिनेट बसेर स्थगित भएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध कायमै राखेपछि बैठक स्थगित भएको हो।

बुधबारको प्रतिनिधिसभा बैठकमा पनि एमालेले नाराबाजीसहित अवरोध कायमै राखेको हो।

पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई सभामुखले कारबाहीको सूचना निकाल्नुपर्ने माग राख्दै एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ।

एमालेको अवरोधका बीच बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेश गरे।

प्रतिनिधिसभाको आगामी बैठक २२ फागुन आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved