संसद् भवनअगाडि ‘प्रेसर कूकर बम’

सडकमा प्रेसर कुकर बम देखिएपछि प्रहरीले सुरक्षा निगरानी बढाएको छ। अहिले उक्त क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

नेपालभ्युज

संसद् भवनअगाडि ‘प्रेसर कूकर बम’

काठमाडौं। नयाँबानेश्वरको सडकमा शंकास्पद प्रेसर कुकर भेटिएको छ। संसद् भवन अगाडिको सडकमा शंकास्पद देखिएको प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखिएको छ।

विप्लव नेतृत्वको नेकपासहित ६ दलीय मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका छन्। नेपाल बन्दकै दिन संसद् भवन अगाडि तार बेरिएको प्रेसर कुकर देखिएपछि कुकर बम हुनसक्ने आशंका गरिएको छ।

सडकमा प्रेसर कुकर बम देखिएपछि प्रहरीले सुरक्षा निगरानी बढाएको छ। अहिले उक्त क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved