‘अन्ततः एमसीसी पारित गराइछाडे, यसलाई कालो दिनको रूपमा लिन्छौं’

नेपालभ्युज

‘अन्ततः एमसीसी पारित गराइछाडे, यसलाई कालो दिनको रूपमा लिन्छौं’

काठमाडौं । संसदबाट एमसीसी पारित भएपछि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यसलाई नेपालीले कालो दिनको रूपमा लिने बताएका छन्।

साँझ एक सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले व्याख्यात्मक घोषणाको सुनियोजित भ्रमबाट एमसीसी पास गराएको भन्दै आपत्तिसमेत जनाए।

उनले देशभक्त शक्तिहरू एकताबद्ध हुन र राष्ट्रिय सार्वभौमिकता स्वाधीनता र हितको संघर्ष निरन्तर जारी राख्न आग्रह पनि गरेका छ।

पार्टीले एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गराउने निर्णय गरे पनि उनले यसप्रति असन्तुष्टि जनाइरहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved