केही नेताको जुँगा जोगाउन व्याख्यात्मक टिप्पणी चाहियो : मिनेन्द्र रिजाल (भिडिओ)

एमसीसी सम्झौता गर्ने नेपालमात्रै नभएको भन्दै नेता रिजालले देशको विकासका लागि सबै मित्रराष्ट्रहरूको सहयोग लिनुपर्ने बताए।

नेपालभ्युज

केही नेताको जुँगा जोगाउन व्याख्यात्मक टिप्पणी चाहियो : मिनेन्द्र रिजाल (भिडिओ)

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सत्ता गठबन्धनको केही नेतालाई अनुहार देखाउनकै लागि अमेरिकी सहयोग परियोजना एमसीसीमाथि व्याख्यात्मक टिप्पणी गर्नुपरेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसीबारे बोल्दै नेता रिजालले एमसीसीको विरोधमा सडकमा उत्रिएका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का नेताहरुको जुँगा जोगाइदिन व्याख्यात्मक टिप्पणी गर्नुपरेको बताएका हुन्।

एमसीसीबारे बेकारको प्रचार गरेको, जनतामा भ्रम छरेको र जनतालाई सडकमा ल्याएका नेताहरुको जुँगा जोगाइदिन व्याख्यात्मक टिप्पणी ल्याउनुपरेको रिजालले बताए। त्यो टिप्पणीले एमसीसीको मूल सम्झौतालाई केही फरक नपार्ने पनि उनले बताए।

एमसीसी सम्झौता गर्ने नेपालमात्रै नभएको भन्दै नेता रिजालले देशको विकासका लागि सबै मित्रराष्ट्रहरूको सहयोग लिनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved