एमसीसीको समर्थन गर्ने दल दलालका रूपमा इतिहासमा दर्ज हुनेछन् : भीम रावल (भिडियो)

एमसीसी लागू भए नेपालले अमेरिकाको वर्तमान र भविष्यमा समेत बन्ने कानून मान्नुपर्ने दाबी गर्दै नेपालले अमेरिकाको राष्ट्रिय स्वार्थ पूरा गर्नेगरी नेपालले अमेरिकालाई असीमित अधिकार दिएको भन्दै आपत्ति जनाए।

नेपालभ्युज

एमसीसीको समर्थन गर्ने दल दलालका रूपमा इतिहासमा दर्ज हुनेछन् : भीम रावल (भिडियो)
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रिय हितविपरीत भएकाले एमसीसीको समर्थन गर्ने दल दलालका रूपमा इतिहासमा दर्ज हुने बताएका छन्। प्रतिनिधिसभा बैठकमा एमसीसीबारे शुरु भएको छलफलमा उनले राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयलाई यस्तो होहल्ला र अवरोधकाबीच संसद्मा पेश गरिनु नै गलत भएको बताए।

उनले नेपालको स्वाधीनता प्रतिनिधिसभामा रहेकाले सीमित नेताहरूको सहमतिमा एमसीसी आएकाले यसअघि गरिएका दर्जनौं सम्झौता पनि राष्ट्रघाती भएको बताए। एमसीसी लागू भए नेपालले अमेरिकाको वर्तमान र भविष्यमा समेत बन्ने कानून मान्नुपर्ने दाबी गर्दै नेपालले अमेरिकाको राष्ट्रिय स्वार्थ पूरा गर्नेगरी नेपालले अमेरिकालाई असीमित अधिकार दिएको भन्दै आपत्ति जनाए। उनले एमसीसीमा भएका बुँदाहरू उल्लेख गर्दै सबैतिबाट नेपालको हितविपरीत भएको बताए।

एमसीसीमा भएको प्रावधानले नेपालको सबै अधिकार हनन् भएको उनले बताए। यसले नेपालको स्वतन्त्रतामा अहित हुने बताए। एमसीसीको प्रावधानबारे नेता रावलले निकैबेर नेपालको स्वाधीनताअनुकूल नभएको बताए।

विदेशीसामु लम्पसार परेर नेपाली जनतामाथि दमन भएको भन्दै यसलाई तुरुन्त बन्द गर्न उनले आग्रह गरे। नेपाली कांग्रेस सरकारको गैरजिम्मेवारी कार्य भएको भन्दै उनले त्यसलाई निन्दा गरे। महाकाली सन्धिजस्तै एमसीसी भएकाले उनले एमसीसीविरुद्ध उठ्न जनतालाई आग्रह गरे।

‘‘एमसीसी आयोजना अमेरिकाको राष्ट्रिय सुरक्षा रणनीतिको अंग हो, एमसीसी सम्झौताका विभिन्न प्रावधानले नेपाललाई उपनिवेशकरणको बाटोमा धकेल्नेछ,” उनले भने, ‘‘एमसीसी आयोजना अमेरिकाको राष्ट्रिय सुरक्षा रणनीतिको अंग हो त्यसैले एमसीसी पारित गर्नु संविधानमा उल्लेख गरिएको तटस्थ विदेश नीतिको उल्लंघन गरी अमेरिकाको स्वार्थ अनुसार हुनेछ।”

नेपाल र नेपाली जनताको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधीनताको रक्षाका लागि यसको विपक्षमा मतदान गर्नुपर्ने बताए।संकल्प प्रस्ताव र व्याख्यात्मक घोषणामार्फत् सम्झौतामा रहेका राष्ट्रिय हितविरूद्धको प्रावधान संशोधन हुन्छ भन्नु जनतालाई झुक्याउनु खेल भएको भन्दै उनले आलोचना गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved