भंगारमा जनताको करले किनेका गाडी (फोटो फिचर)

मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडी मर्मत नगरी नयाँ गाडी खरीद गर्ने र यसरी खरीद गर्दा कमिसन आउने लोभमा गाडी थन्क्याइन्छन्। सरकारी कार्यालयका परिसरमा वर्षौंदेखि सवारीसाधन थन्किँदा कार्यालय थोत्रा गाडीको ग्यारेजजस्तै बनेका छन्।

नेपालभ्युज

भंगारमा जनताको करले किनेका गाडी (फोटो फिचर)

काठमाडौं। विभिन्न कामका लागि ल्याइएका महँगा गाडी बिग्रिएपछि सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन्। मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडी मर्मत नगरी नयाँ गाडी खरीद गर्ने र यसरी खरीद गर्दा कमिसन आउने लोभमा गाडी थन्क्याइन्छन्। सरकारी कार्यालयका परिसरमा वर्षौंदेखि सवारीसाधन थन्किँदा कार्यालय थोत्रा गाडीको ग्यारेजजस्तै बनेका छन्।

केही बर्षअघिसम्म सिंहदरबार परिसरमा बग्रेल्ती देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरबारबाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझै देखिन्छन्। पार्किङ र खुला ठाँउमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन्। कार्यालय परिसरको कुनामा थुप्रिएका धूलाम्मे साइकल, मोटरसाइकल र जिप कारले परैबाट जिस्काइरहेका जस्तो देखिन्छ। ती वर्षौंदेखि थन्किएका गाडि मक्किएर, सडेर काम नलाग्ने अवस्थामा पुगेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved