एमसीसीको विपक्षमा उभिने नेकपा (एस)को निर्णय

प्रवक्ता खतिवडा भन्छन्, एमसीसी पास गर्ने शर्तमा सरकारमा सहभागी भएको होइन’

पार्टीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको र अन्य सबै दलहरुलाई पनि एमसीसीको विपक्षमा उभिनका लागि आग्रह गरेको तथा त्यसको वातावरण बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

नेपालभ्युज

एमसीसीको विपक्षमा उभिने नेकपा (एस)को निर्णय
फाइल तस्वीर

काठमाडौं। सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा मतदान गर्ने भएको छ।

एकीकृत समाजवादीको सोमबार बसेको सचिवालय बैठकले संसद्मा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

पार्टीभित्र एमसीसीलाई लिएर मतभेद देखिएपछि सचिवालयल बैठकले निर्णय लिएको हो।

पार्टीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको र अन्य सबै दलहरुलाई पनि एमसीसीको विपक्षमा उभिनका लागि आग्रह गरेको तथा त्यसको वातावरण बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

खतिवडाले पार्टीभित्र एमसीसीको प्रक्रियाबारे सामान्य मतभेद देखिए पनि अन्य कुरामा मतभेद नभएको बताए। उनले एमसीसीको विरोध र सरकारमा बस्ने विषयलाई जोडेर हेर्न नहुने बताए।

खतिवडाले आफूहरु एमसीसी पास गर्ने शर्तमा सरकारमा नगएको भन्दै एमसीसी र सरकारलाई जोड्न नहुने बताए। भने, “यो देशको कुरा हो । यसबारे हामीलाई कुनै पाठ पढाइरहन जरुरी छैन ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved